इजिप्टमा डुङ्गा दुर्घटनामा परी १७ पर्यटक बेपत्ता « Khabarhub

इजिप्टमा डुङ्गा दुर्घटनामा परी १७ पर्यटक बेपत्ता


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कायरो – इजिप्टको रेड सीको तटमा सोमबार एक पर्यटक लिएर यात्रा गरिरहेको डुङ्गा पल्टिँदा विदेशीसहित १७ जना बेपत्ता भएको र अन्य २८ जनाको उद्धार गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।

उक्त डुङ्गामा विभिन्न देशका ३१ जना पर्यटक र १४ जना चालक दलका सदस्य सवार रहेको र स्थानीय समयअनुसार बिहान ५ः३० बजे आपतकालीन सङ्केत पठाइएको इजिप्टको रेड सी प्रान्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजिप्टको दक्षिणपूर्वमा रहेको पोर्ट गालिबबाट यात्राका लागि आइतबार ‘द सी स्टोरी’ नामक उक्त डुङ्गा छुटेको थियो र शुक्रबार २०० किलोमिटर उत्तरमा रहेको हुरघाडा सहरमा पुग्ने कार्यक्रम रहेको थियो ।

गभर्नर अम्र हानाफीले एक विज्ञप्ति जारी गर्दै केही जीवित व्यक्तिलाई डुङ्गा र पानी जहाजको मद्दतबाट उद्धार गरिएको र युद्धपोतमार्फत सुरक्षित स्थानमा पु¥याएको बताए । उनले भने, “नौसेना र सशस्त्र बलको समन्वयमा सघन खोजी कार्य जारी छ।

गम्भीर आर्थिक सङ्कटमा परेको १० करोड ५० लाख जनसङ्ख्या भएको इजिप्टको प्रमुख पर्यटकीय गन्तव्य रेड सी हो । यस क्षेत्रले २० लाख मानिसहरूलाई रोजगार दिन्छ र कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान गर्दछ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : १७ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य