यसकारण मनाइन्छ क्रिसमस ? यस्तो छ रोचक कथा « Khabarhub

क्रिसमस डे

यसकारण मनाइन्छ क्रिसमस ? यस्तो छ रोचक कथा


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिश्चियन धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ आज मनाइँदै छ । हरेक वर्ष अंग्रेजी क्यालेण्डर अनुसार २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् ।

यस दिन उपहारहरू साटासाट गरिँदै, क्रिसमस रूख सिँगार्दै, भोज आयोजना गरी गिर्जा घरमा गएर क्रिसमस मनाइन्छ ।

क्रिसमस सुरु हुनु केही दिनअघि देखिनै विभिन्न किसिमका गिफ्ट तथा क्रिसमस ट्री सजाएर राख्ने गरिएको पाइन्छ ।

क्रिसमस विश्वभरका इसाई धर्मावलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने एक पर्व हो । क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि सुरुवात हुन्छ ।

 यस्तो छ क्रिसमसको कथा

आजभन्दा करिब २ हजार वर्षअघि बाइबलमा उल्लेख भए अनुसार रोम शासन थियो । रोमको शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।

एक कुमारी कन्य म्यारी कहाँ एक देवदूत पठाइयो र भनियो, ‘तिमीले प्रभूको पुत्र जीससलाई जन्म दिनुपर्नेछ ।’ देवदुतले उक्त पुत्र पछि राजा हुने पनि बताए ।

जिससको जन्म हुने दिन कुमारी कन्य म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए ।  त्यसबेला बेथलेहम निकै भिड भएको कारणले उनीहरूले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यहीँ जिससको जन्म भयो त्यो दिन थियो २५ डिसेम्बर । यही कथालाई आधार मानेर ‘क्रिसमस डे’ मनाइन्छ ।

क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । यसबेला घर घरमा क्रिसमस ट्री सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधि गरिन्छ ।

यस दिन घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्री, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्ठभूमिमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आउँछन् । त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ ।

यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्री, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

क्रिसमस ट्रीको महत्व

यस पर्वमा क्रिसमस ट्रीको विशेष महत्व छ । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यस बेला मेला नामको रूख सजाएर जाडो पर्व मनाइन्थ्यो ।

एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए । यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ६ : ५२ बजे

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,