बाढी पहिरोले बन्द माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा « Khabarhub

बाढी पहिरोले बन्द माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा– गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा अवस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ। पहिरोले क्षति गरेर असोज देखि उत्पादन बन्द भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मंगलबारबाट बिजुली उत्पादनलाई  सञ्चालनमा ल्याएको हो ।

पहिराले क्षतिग्रस्त बनाएको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरीको पुनः निर्माण गरेर जलाशयबाट सीधै पानी पठाएर बिजुली उत्पादन थालेको हो । मंगलबार साँझ देखि  तामाकोशीबाट १२० मेगावाट विद्युत् उत्पादन भएको विद्युत् केन्द्रका कार्यकारी प्रमुख मोहनप्रसाद गौतमले बताए ।

पहिराले क्षति गरेका संरचनाहरूको मर्मत गरेर करिब ३ महिना पछिबाट तामाकोशी आयोजना सञ्चालनमा आएको गौतमले बताए । माघ पहिलो साताबाट दायाँतर्फको बालुवा थिग्र्याउने पोखरी मर्मत सकिने भएकाले विद्युत् केन्द्र पूर्ण रूपमा संचालनमा आउन अझै एक देखि डेढ महिना लाग्ने आयोजनाले जनाएको छ।

विद्युत् केन्द्रको हेडवर्क्समाथिबाट आएको पहिराले क्षति गरेको विद्युत् संचालन केन्द्र निर्माण गर्न भने अझै एक वर्ष लाग्ने अनुमान गरिएको छ।

११ र १२ असोजको बाढी पहिरोले आयोजना केन्द्र लामाबगरस्थित हेडवक्र्स क्षेत्रमा लेदो सहितको पहिरो खस्दा दुई तले कन्ट्रोल विल्डिङ पुरिएको थियो ।

पहिरोले बालुवा थिग्र्याउने पोखरी (डिस्याण्डर), बाँधस्थल भन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष र बाँधबाट डिस्याण्डरसम्म पानी प्रवाह गर्ने भूमिगत नहर (कल्भर्ट) लगायतका संरचनामा ठूलो क्षति पुगेको थियो भने,पहिरोमा परेर उक्त आयोजनामा मात्र चार जनाले ज्यान गुमाउनुको साथै एक अर्ब ८० करोड रुपैयाँ बराबरको क्षति गरेको थियो ।

-सुबास बस्नेत

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १२ : ३३ बजे

कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट