एमाले सचिवालय बैठक : उपनिर्वाचन र सरकारको कामको समीक्षा हुँदै « Khabarhub

एमाले सचिवालय बैठक : उपनिर्वाचन र सरकारको कामको समीक्षा हुँदै


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक २ घण्टा ढिलो सुरु भएको छ ।

पार्टी मूख्यालय च्यासलमा बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेपछि सुरु भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका भन्दै बैठक ढिलो बसेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

बुधबारको बैठकमा स्थानीय तह उपनिर्वाचनको नतिजा र सरकारको कामको समीक्षा तथा पार्टीको सांगठनिक कामको पनि समीक्षा हुँदैछ । स्रोतका अनुसार केही नेतालाई कारबाही गर्ने सम्भावना पनि छ ।

यस बैठकमा समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची तय गरिएको छ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : १३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई