एमाले सचिवालय बैठक : उपनिर्वाचन र सरकारको कामको समीक्षा हुँदै « Khabarhub

एमाले सचिवालय बैठक : उपनिर्वाचन र सरकारको कामको समीक्षा हुँदै


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक २ घण्टा ढिलो सुरु भएको छ ।

पार्टी मूख्यालय च्यासलमा बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेपछि सुरु भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका भन्दै बैठक ढिलो बसेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

बुधबारको बैठकमा स्थानीय तह उपनिर्वाचनको नतिजा र सरकारको कामको समीक्षा तथा पार्टीको सांगठनिक कामको पनि समीक्षा हुँदैछ । स्रोतका अनुसार केही नेतालाई कारबाही गर्ने सम्भावना पनि छ ।

यस बैठकमा समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची तय गरिएको छ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : १३ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज