ईश्वर पोखरेल भन्छन्- बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होइन « Khabarhub

ईश्वर पोखरेल भन्छन्- बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होइन


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा कांग्रेस र कम्युनिष्ट मिल्दै आएका बताएका छन।

नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले बुधबार गरेको कार्यक्रममा बोल्दै पोखरेलले ऐतिहासिक परिवर्तन गर्न र मुलुकको सङ्कट समाधान गर्न कांग्रेस-एमाले एक ठाउँमा उभिने गरेका बताएका हुन्।

‘मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन्, राष्ट्रिय सङ्कट परेको बेलाका कांग्रेस र कम्युनिष्ट मिलेका छन्’, उनले भने ।

देशमा अप्ठेरो स्थिति परेको बेलमा मिलेका भए पनि कांग्रेस र एमाले एक आपसका प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा बिर्सन नमिल्ने पनि उनले बताए।

कहिलेकाहीँ यो प्रतिस्पर्धा अस्वस्थ पनि हुने गरेको बताउँदै उनले त्यसलाई अस्वस्थ हुनबाट जोगाउन सबै लाग्नु पर्ने उनले धारणा राखे।

पत्रकारको समाजमा दोहोरो भूमिका भएको बताउँदै पोखरेलले लेख्न बस्दा भने पत्रकारले व्यावसायिक धर्म बिर्सनु नहुनेमा उनको जोड छ।

‘पत्रकारिताको धर्म पालना गर्दा व्यावसायिकताको झण्डालाई झुक्न दिनु हुँदैन, यो कुरामा सन्तुलन कायम गर्नुपर्छ, मादल बजाउँदा हार्मोनियम छुट्ने, हार्मोनियम बजाउँदा मादल छुट्नु हुँदैन’, उनले भने।

पत्रकारिता क्षेत्रले सधैँ साँचो कुरा लेखिदिउन् भन्ने राजनीतिक क्षेत्रलाई लागि रहेन उनको भनाई छ। ‘झुट कुरा लेखेर बजारीकरण गर्न खोज्दा पीडा पनि हुन्छ, रिस पनि उठ्छ, दुःख पनि लाग्छ’, पोखरेलले भने ।

एउटा राजनीतिकर्मीको हैसियत सार्वजनिक सम्पत्ति हुने बताउँदै पोखरेलले त्यसलाई बदनाम गराउने अधिकार कसैलाई नहुने जिकिर गरे ।

‘यो देशको रक्षा गर्नु सबैको कर्तव्य हो, तर देशको रक्षा छिमेकीलाई गाली गरेर मात्र हुँदैन, स्वाभिमानले शिर ठड्याउँदा मात्र देशको रक्षा हुन्छ’, उनले भने।

नेपाल दुई ठुला देशको बिचमा रहेको बताउँदै पोखरेलले दुवै देशसँग सन्तुलित सम्बन्ध राख्नु पर्नेमा उनले जोड दिए । नेतृत्वले छिमेकीसँग आँखा जुधाएर गफ गर्न सक्के हैसियत राख्नु पर्ने उनको धारणा छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : ४६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई