यस्तो अवस्थामा भेटियो कजाकस्तानमा दुर्घटनाग्रस्त जहाज (तस्बिरहरू) « Khabarhub

यस्तो अवस्थामा भेटियो कजाकस्तानमा दुर्घटनाग्रस्त जहाज (तस्बिरहरू)


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

बाकु- कजाकस्तामा एउटा यात्रुवाहक जहाज दुर्घटना हुँदा दर्जनौँ यात्रुले ज्यान गुमाएका छन् । बुधबार अजरबैजानबाट रसियाको चेचेन्या गइरहेको उक्त जहाज दुर्घटना हुँदा २५ जना बाँच्न सफल भएका छन् ।

कजाकस्तानको आपतकालीन उद्धार मन्त्रालयले यस जहाज दुर्घटनामा परेकामध्ये २५ जना बाँचेको जनाएको छ । यो जहाज एउटा खुला चौरमा गएर बजारिएको हो ।

त्यसपछि जहाजको केही भागमा आगो लागेको छ । पुच्छरतिरको भाग उछिट्टिएर अर्कातिर खसेको छ ।

यो जहाज अजरबैजान एयरलाइन्सको थियो । जहाजमा उचाइमा रहेका बेला तलतिर झर्ने क्रममा आगो लागेको थियो । तर दुर्घटनाको कारण खुलेको छैन ।

अजरबैजान एयरलाइन्सको उडान नम्बर जे २-८२४३ जहाज राजधानी बाकुबाट रूसको ग्रोजनीतर्फ गइरहेको थियो । रिपोर्टअनुसार बाक्लो हुस्सुका कारण जहाजलाई डाइभर्ट गरिएको थियो ।

समाचार एजेन्सी रोटर्सका अनुसार खिचिएको एक भिडियोमा जहाज तीव्र गतिमा तलतिर झरिरहेको थियो । जसको ल्यान्डिङ गियरसमेत तलतिर थियो ।

तर जहाजले आपतकालीन अवतरणको कोशिश गर्नेबित्तिकै आगो लागेको थियो । यस जहाजमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।

जहाजमा सवार अधिकांश मानिस अजरबैजानकै थिए । केही रूस, कजाकस्तान र कीर्गिस्तानका पनि यात्रु थिए ।

 

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ६ : २० बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत