सभामुखको गुनासो- सरकार सदनसँग तर्केर, तर्सेर हिँड्न थाल्यो | Khabarhub Khabarhub

सभामुखको गुनासो- सरकार सदनसँग तर्केर, तर्सेर हिँड्न थाल्यो


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले वर्तमान सरकार सदनदेखि तर्किएर हिँड्न थालेको गुनासो गरेका छन् ।

बुधबार नगरकोटमा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ कार्यक्रमका क्रममा पत्रकारहरूलाई सम्बोधनका क्रममा सभामुख घिमिरेले यस्तो गुनासो गरेका हुन् ।

सञ्चारकर्मीका लागि नगरकोटमा आयोजित आवासीय कार्यक्रमलाई सम्बोधन गर्न सभामुख घिमिरे बुधबार नै काठमाडौंबाट पुगेका थिए । उपसभामुख र सञ्चारकर्मीहरू भने मंगलबारदेखि नै नगरकोटमा थिए ।

बुधबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले सरकार संसद्सँग तर्किरहेको बताउँदै त्यसरी तर्किएर हिँड्न नहुने उल्लेख गरे ।

घिमिरेले संसद्प्रति सरकार पूर्णरुपमा जवाफदेही हुनुपर्ने पनि जिकिर गरे । संसद्लाई सरकार जन्माउने आमाका रुपमा चित्रित गरेका उनले सरकार आमाबाट टाढा हुन नहुने बताए ।

‘सरकार अहिले आफूलाई जन्म दिएकी आमाबाट टाढा हुने, तर्सिने र तर्किँदै हिँडिरहेको छ’, उनले भने, ‘सरकार संसद्‍बाट तर्किनु र तर्सिनु गलत हुन्छ ।’

गत वैशाख ३० गते सुरु भएको संसद्को वर्षे अधिवेशन भदौ ३० मा अन्त्य भएको थियो । हिउँदै अधिवेशनमा सुरु नभएको अवस्थामा प्रतिपक्षी दलहरूले सरकारलाई दबाब दिइरहेका छन् । तर, अझै पनि संसद् अधिवेशन बोलाउनेबारे सरकारले निर्णय गरिसकेको छैन ।

संसद् अधिवेशन नबोलाएको अवस्थामा सरकारले मंगलबार एउटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।

सहकारीसम्बन्धी ऐन संशोधन गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो । मंगलबारको मन्त्रिपरिषद्को निर्णयअनुसार यो अध्यादेश बिहीबार राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइँदैछ ।

 

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ५८ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी