एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट खारेज « Khabarhub

एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट खारेज


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र सांसद्‌ अमरेशकुमार सिंहले दूरसञ्‍चार कम्पनी एनसेलको शेयर बिक्री रोक्न माग गर्दै हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुङ्गानाको इजलासले बिहीबार निर्देशनात्मक आदेश जारी गर्दै सो रिट खारेज गरिदिएको हो । निर्देशनात्मक आदेश भने आउन बाँकी छ ।

सांसद्‌ सिंहले वि.सं. २०८० मङ्सिर २२ गते एनसेलको शेयर खरिदबिक्री रोक्न परमादेशसमेत माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । सो रिटलाई यसअघि न्यायाधीशद्वय मल्ल र ढुङ्गानाको इजलासले नै हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने जनाएको थियो ।

यसअघि एनसेलको ८० प्रतिशत शेयर मलेसियन कम्पनी आजियाटाले स्पेक्ट्रलाइट युके लिमिटेडलाई करिब ६ अर्ब ६६ करोड रुपैयाँमा बेचेको थियो । उक्त शेयर खरिदबिक्री अस्वाभाविक र नेपालको कानूनविपरीत भएको सार्वजनिक आरोप लागेको छ ।

पूँजीगत लाभकर र यथार्थ खरिदबिक्री मूल्यसमेत छल्नेगरी एनसेलबाट आजियाटा बाहिरिएको चर्चापछि सांसद्‌ सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्‍चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय र एनसेल आजियाटा लिमिटेडलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ५ : १२ बजे

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री