एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट खारेज « Khabarhub

एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट खारेज


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र सांसद्‌ अमरेशकुमार सिंहले दूरसञ्‍चार कम्पनी एनसेलको शेयर बिक्री रोक्न माग गर्दै हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुङ्गानाको इजलासले बिहीबार निर्देशनात्मक आदेश जारी गर्दै सो रिट खारेज गरिदिएको हो । निर्देशनात्मक आदेश भने आउन बाँकी छ ।

सांसद्‌ सिंहले वि.सं. २०८० मङ्सिर २२ गते एनसेलको शेयर खरिदबिक्री रोक्न परमादेशसमेत माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । सो रिटलाई यसअघि न्यायाधीशद्वय मल्ल र ढुङ्गानाको इजलासले नै हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने जनाएको थियो ।

यसअघि एनसेलको ८० प्रतिशत शेयर मलेसियन कम्पनी आजियाटाले स्पेक्ट्रलाइट युके लिमिटेडलाई करिब ६ अर्ब ६६ करोड रुपैयाँमा बेचेको थियो । उक्त शेयर खरिदबिक्री अस्वाभाविक र नेपालको कानूनविपरीत भएको सार्वजनिक आरोप लागेको छ ।

पूँजीगत लाभकर र यथार्थ खरिदबिक्री मूल्यसमेत छल्नेगरी एनसेलबाट आजियाटा बाहिरिएको चर्चापछि सांसद्‌ सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्‍चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय र एनसेल आजियाटा लिमिटेडलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ५ : १२ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले