निजी खर्चमा बनाइएकाे १० लाखको चमेना गृह धार्मिक वनलाइ हस्तान्तरण « Khabarhub

निजी खर्चमा बनाइएकाे १० लाखको चमेना गृह धार्मिक वनलाइ हस्तान्तरण


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको उर्लाबारी–९ का रामबहादुर एभेङ लिम्बूले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा १० लाख रुपैयाँ खर्चेर चमेना गृह निर्माण गरिदिएका छन् ।

एभेङ परिवारले आफ्ना स्वर्गीय बुबा धनबहादुर एभेङको स्मृतिमा मोरङको पथरी शनिश्चरे –१० स्थित सिरिजङ्घा स्मृति धार्मिक वन परिसरमा चमेना गृह बनाइ धार्मिक वनलाई बिहीबार हस्तान्तरण गरेको हो ।

चमेना गृहको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले उद्घाटन गरेका छन् । गत मङ्सिर १८ गते शिलान्याश गरिएको ९ सय स्वायर फिटको जस्तापाताले छाएको चमेना गृहमा दुई कोठा छन् ।

२०७९ साल माघ २ गते मृत्यु भएका धनबहादुर एभेङका पाँच छोरीहरू, तीन छोराहरु र पत्नी सञ्चरानी साम्वाले नीजि खर्चमा सार्वजनिक स्थानमा चमेना गृह बनाइदिनु दिएका हुन ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ११ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन