बलात्कार आरोपमा २ जना पक्राउ « Khabarhub

बलात्कार आरोपमा २ जना पक्राउ


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनकुटाबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङका बराहपोखरी गाउँपालिका-२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ । 

आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा  प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 त्यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाको साँगुरीगढी गाउँपालिका-८ खुडी बस्ने ४४ वर्षीय अनके लोहोरूङ राईलाई प्रहरीले पक्राउ गरेको छ । 

राईले ती बालिकालाई सोही गाउँपालिका-८ टप्पु डाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ५ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको