बिनु यादवले तोडिन् अनशन « Khabarhub

बिनु यादवले तोडिन् अनशन


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिनु यादवले ६ दिनको अनशन तोडेकी छन् । श्रीमानको घरमा प्रवेश गर्न नपाएपछि आइतबारदेखि उनी जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा धर्ना तथा अनशन बसेकी थिइन् ।

बिनुले शुक्रबार साँझ जुनारको जुस पिएर अनशन तोडेकी हुन् । हाल उनलाई उपचारका लागि स्थानीय अस्पताल पु¥याएइएको छ ।

सुरक्षित वातावरणमा श्रीमानको घरमा बस्ने व्यवस्था मिलाइदिन र सो वातावरण मिलाउन जिल्ला प्रशासन नसक्नुको जवाफ माग्दै उनले अनशन सुरु गरेकी थिइन् ।

जिल्ला प्रशासनले शुक्रबार श्रीमान् प्रदीप कठायत र बिनुको सम्बन्धविच्छेद सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले श्रीमानको घरमा बस्ने वातावरण मिलाउन नसकेको पत्र थमाएको छ ।

पत्रमा भनिएको छ, ‘जनप्रतिनिधिको रोहवरमा मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा नागरिक अगुवाहरुसमेतको उपस्थितिमा छलफल गर्दा भएको निष्कर्ष एवं जिल्ला सुरक्षा समितिको बैठकबाट समेत तपाईं र तपाईंको परिवारबीच समझदारीको लागि अधिकतम प्रयास गर्दा शान्तिपूर्वक घरमा बस्ने सहज वातावरणको समझदारी कायम हुन नसकेको ।’

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : २२ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै