नेपाल लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री « Khabarhub

नेपाल लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा आज नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयमा कार्यशाला आयोजना गरेको छ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीस्वरूप कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानुनी, प्रक्रियागत, तथा नियामकीय सुधार एवं विदेशी लगानी तथा निजी लगानी आकर्षित गर्न नवप्रवर्तनमा आधारित विषयबारे नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार तथा विज्ञबीच छलफल भएको थियो ।

त्यस अवसरमा अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष डा प्रकाशशरण महतले अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको उल्लेख गर्दै थप लगानी आवश्यक रहेको बताए ।

अहिले हरित अर्थतन्त्र/लगानी अधिक प्रचलनको शब्दावली रहेको सन्दर्भमा नेपाल लगानीको आकर्षक गन्तव्य भएको मन्त्री महतले बताए । नेपालले आफूले कार्बन उत्सर्जन न्यून गर्नेमात्र नभइ स्वच्छ ऊर्जाको माध्यमबाट क्षेत्रीय रूपमा नै कार्बन उत्सर्जन न्यूनीकरण गर्न सघाउने भन्दै मन्त्री महतले नेपालमा पर्यटन, कृषि व्यवसाय तथा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीले राम्रो प्रतिफल दिने मन्त्री महतले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले आर्थिक वृद्धिको दिगोपना र स्थायित्व एवं समावेशी आर्थिक विकासले मात्र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नति दिगो बताए । मुख्यसचिव डा बैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासोमा तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीसम्बन्धी कानुनहरूको पुनरवलोकन गरी ‘कनेक्टिविटी’का रणनीतिक पूर्वाधार तथा पर्यटन, आइसिटी, उत्पादनमूलक उद्योगहरूमा लगानी आकर्षित गर्न आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा नीलम ढुङ्गानाले केन्द्रीय बैंकले एफडीआई तथा विदेशी ऋण नियमावली संशोधन गरी विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंको पूर्व स्वीकृति आवश्यक नपर्नेलगायत नाफा फिर्ता लैजाने सम्बन्धमा गरिएको सहजीकरणबारे चर्चा गरे।

केपीएमजी इन इण्डियाका प्रमुख कार्यकारी अधिकृत येज्डी नागपोरेवालाले नेपालमा लगानीका अवसरबारे विहङ्गम जानकारी राख्ने लगानीकर्ताहरूलाई नेपाल ल्याएर नेपालको आर्थिक विकासमा योगदान गर्दै सरकारसँग साझेदारी गर्ने अवसर लगानी सम्मेलनले प्रदान गर्ने बताए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : २७ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर