नेपाल लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री | Khabarhub Khabarhub

नेपाल लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा आज नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयमा कार्यशाला आयोजना गरेको छ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीस्वरूप कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानुनी, प्रक्रियागत, तथा नियामकीय सुधार एवं विदेशी लगानी तथा निजी लगानी आकर्षित गर्न नवप्रवर्तनमा आधारित विषयबारे नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार तथा विज्ञबीच छलफल भएको थियो ।

त्यस अवसरमा अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष डा प्रकाशशरण महतले अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको उल्लेख गर्दै थप लगानी आवश्यक रहेको बताए ।

अहिले हरित अर्थतन्त्र/लगानी अधिक प्रचलनको शब्दावली रहेको सन्दर्भमा नेपाल लगानीको आकर्षक गन्तव्य भएको मन्त्री महतले बताए । नेपालले आफूले कार्बन उत्सर्जन न्यून गर्नेमात्र नभइ स्वच्छ ऊर्जाको माध्यमबाट क्षेत्रीय रूपमा नै कार्बन उत्सर्जन न्यूनीकरण गर्न सघाउने भन्दै मन्त्री महतले नेपालमा पर्यटन, कृषि व्यवसाय तथा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीले राम्रो प्रतिफल दिने मन्त्री महतले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले आर्थिक वृद्धिको दिगोपना र स्थायित्व एवं समावेशी आर्थिक विकासले मात्र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नति दिगो बताए । मुख्यसचिव डा बैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासोमा तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीसम्बन्धी कानुनहरूको पुनरवलोकन गरी ‘कनेक्टिविटी’का रणनीतिक पूर्वाधार तथा पर्यटन, आइसिटी, उत्पादनमूलक उद्योगहरूमा लगानी आकर्षित गर्न आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा नीलम ढुङ्गानाले केन्द्रीय बैंकले एफडीआई तथा विदेशी ऋण नियमावली संशोधन गरी विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंको पूर्व स्वीकृति आवश्यक नपर्नेलगायत नाफा फिर्ता लैजाने सम्बन्धमा गरिएको सहजीकरणबारे चर्चा गरे।

केपीएमजी इन इण्डियाका प्रमुख कार्यकारी अधिकृत येज्डी नागपोरेवालाले नेपालमा लगानीका अवसरबारे विहङ्गम जानकारी राख्ने लगानीकर्ताहरूलाई नेपाल ल्याएर नेपालको आर्थिक विकासमा योगदान गर्दै सरकारसँग साझेदारी गर्ने अवसर लगानी सम्मेलनले प्रदान गर्ने बताए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : २७ बजे

आजका समाचार : कुलमानलाई ऊर्जामन्त्रीले सोधे स्पष्टीकरण, भक्तपुरमा फूलपाती भित्र्याइयो र गौशालाको धर्मशालामा महानगरको बोर्ड

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण प्रधानमन्त्री

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो

भक्तपुर – भक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् ।

पर्वतारोहीको शव ल्याउन समस्या

म्याग्दी – धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच

प्रधानमन्त्री ओली र सभापति देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्‌घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर