पाथीभरामा हिमपात | Khabarhub Khabarhub

पाथीभरामा हिमपात


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।

वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए। पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो ।।

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो ।

यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् । यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ ।

हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैँची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ । जिल्लाको उच्च स्थानीयमा हिमपात भएसँगै अध्यधिक चिसो बढ्को छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १० : ५६ बजे

अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा

काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना

सर्लाहीमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको

वारेस राख्न माधव नेपाललाई विशेष अदालतले दिएन अनुमति

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न

सात महिनादेखि अलपत्र गौरीघाट पुलले भक्तजनलाई समस्या

काठमाडौं – पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरी मन्दिर जाने पुल नबन्दा

आजका समाचार : कांग्रेसमा किचलोले प्रदेशमा अस्थिरता, हायु परिवारका १६ जना गायब र थाइल्याण्ड-कम्बोडिया युद्धविराम

कांग्रेसमा किचलो बढ्दा प्रदेशमा अस्थिरता, आफ्नै सरकार ढाल्न जोडबल‘म्याजिक नम्बर’