काठमाडौँ– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेड कुख्यात ठगको परिचय बनाएका सुरेश चन्द्रशेखरका साथ सम्बन्ध बनाएकाले तनावमा छिन् । २ सय करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा सुरेश जेलमा छन् । तर उनले ज्याकलिनलाई जेलबाटै चिठी लेखिरहेका छन् । जसका कारण ज्याकलिन तनावमा परेकी हुन् ।
ज्याकलिन–सुरेशको सम्बन्ध त अहिलेको ताजा घटना हो । यसभन्दा पहिला पनि बलिउड नायिकाहरू ठग र डनको सम्बन्धका कारण विवादमा आएका थिए । सोही कारणले केही नायिकाले जेल सजाय पनि काटेका थिए । केही भने फिल्मबाटै हराए ।
मोनिका बेदी
मोनिका बेदीको फिल्मी करिअर राम्रो चलिरहेका बेला ग्याङस्टार अबु सलेमसँग जोडिएको थियो । सन् १९९५ मा फिल्म ‘मे तेरा इश्क’बाट बलिउडमा पाइला टेकेकी मोनिका सन् २००२ मा विवादमा फसिन् ।
यस दौरानमा उनले हिट फिल्महरू पनि दिएकी थिइन् । तर अबु सलेमसँगको प्रेमको खबर सार्वजनिक हुन थालेपछि उनको करिअर संकटमा प¥यो । ग्याङस्टारसँग नाम जोडिएपछि उनी प्रहरीसमक्ष बयानका लागि धेरैपटक धाउनुपर्यो ।
अन्त्यमा प्रहरी अनुसन्धानमा मोनिका नक्कली राहदानी र परिचय पत्र लिएर यात्रा गरेको खुल्यो । यस घटनामा उनले दुई वर्ष जेल सजाय भोग्नुपर्याे । त्यसपछि लामो समयसम्म उनी फिल्ममा देखा परिनन् ।
मन्दाकिनी
पहिलो फिल्म ‘राम तेरी गंगा मैली’बाट दर्शकबीच अभिनयको छाप छोड्न सफल अभिनेत्री मन्दाकिनीको करिअरमा ब्रेक लाग्नुको कारण अन्डरवर्ल्ड डन दाउद इब्राहिम हो भन्ने धेरैको बुझाइ छ ।
सन् १९८५ बाट बलिउडमा डेब्यू गरेकी मन्दाकिनीले धेरै सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् । तर, सन् १९९४ मा दाउदसँग उनको फोटो सार्वजनिक भयो । उनीहरूबीच प्रेमसम्बन्ध रहेको चर्चा बाहिरिन थाल्यो ।
फोटो सार्वजनिक भएपछि निर्देशक र निर्माताहरूले दूरी बढाएपछि उनले फिल्म पाउनै छाडिन् । त्यसको केही वर्षमै उनी फिल्मबाट टाढा भइन् । मन्दाकिनीले त्यो समय दाउदसँग दुबईमा भेटेको तर प्रेमिकाका रुपमा भेट नभएको स्पष्टीकरण दिएकी थिइन् ।
ममता कुलकर्णी
सन् १९९१ मा बलिउडमा डेब्यू गरेकी ममता कुलकर्णी एक समयकी चल्तीकी नायिका हुन् । उनले दुई दर्जनभन्दा बढी फिल्ममा काम गरेकी छिन् ।
यी नायिकाको नाम भारतकै सबैभन्दा ठूलो ड्रग माफिया विक्की गोस्वामीसँग जोडिएको थियो । ड्रग केसमा सन् १९९७ गोस्वामी जेलमा हुँदा बाक्लो भेटका कारण उनीहरूको प्रेम सम्बन्ध रहेको खुलेको थियो ।
पछि दुई हजार करोडको लागूऔषध बरामद भएको केसमा प्रहरीले ममतालाई पनि अभियुक्त बनायो ।
प्रतिक्रिया