रूससँगको युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको पुष्टि « Khabarhub

रूससँगको युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको पुष्टि


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

किभ– रूससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन् ।

तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्वजनिक नगर्ने जनाएका छन् ।

सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको संख्या सार्वजनिक गर्दैन थिए तर रूससँगको युद्ध सुरु भएको दुई वर्ष पुगेको अवसरमा उनले यो संख्या सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्ध ग्रस्त क्षेत्रको खर्च गर्न नपाए पछि ज्यान जोखिममा पर्दै गए पछि यो तथ्यांक सार्वजनिक गर्नु परेको बताएका छन् ।

‘अहिले प्रतिबद्धताले युक्रेनका लागि पर्याप्त छैन, त्यसले कुनै काम गर्दैन,’ रुस्तम उमरोभले आइतबार टेलिभिजन सम्बोधनमा भनेका छन् । युक्रेनले हाल रुसलाई आफ्नो क्षेत्रबाट धपाउने आफ्नो मिसनमा विभिन्न प्रकारका अवरोधहरू भोगिरहेको छ ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले नोभेम्बरमा चेतावनी दिएका थिए कि मार्चसम्म १० लाख तोपखाने गोलाहरू उपलब्ध गराउने योजना पूरा हुने छैन।
जनवरीमा, युरोपेली संघले यी मध्ये आधा भन्दा बढी समय सीमामा युक्रेनमा पुग्ने र २०२४ को अन्त्यसम्म पूर्ण प्रतिज्ञा गरिएको रकम त्यहाँ नपुग्ने बताए पछि युक्रेनको अवस्था थप दयनीय हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : १७ बजे

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर