दोलखामा तीन सयबढी बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइयाे  « Khabarhub

दोलखामा तीन सयबढी बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइयाे 


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

दोलखा– सरकारले सोमबारदेखि देशका ७५ जिल्लाका बालबालिकालाई नि:शुल्क दादुरा–रुवेला विरुद्धको खोप दिन सुरु गरेको छ ।

संक्रमणको जोखिम न्यूनीकरणका लागि खोप अभियान संचालन आजदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा नि:शुल्क खोप अभियान सञ्चालन भएसँगै दोलखाका नौ पालिकामा पनि खोप कार्यक्रम सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

यता जिल्लाको वैतेश्वर गाउँपालिकाले पनि गाउँ गाउँमा बालबालिकालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको वैतेश्वर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुलाल तामाङले जानकारी दिए ।

गाउँपालिकाले सोमबार आठ वडामै स्वास्थ्यकर्मी तथा खोप सहजकर्ता पठाइएको र आफू पनि वडा नम्बर-७को काल्लेमा खोप अभियानमै रहेको जानकारी दिए।पालिकाले ८ वटा स्वास्थ्य संस्था तथा एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई ३१ वटा खोप केन्द्रमा पठाइएको तामाङले बताए ।

गाउँपालिकाको वडा नम्बर-३ को दलित बस्तीमै पुगेर सोमबार मिर्गे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले दलित तथा गैर दलित समुदायका २४ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको सोही वडाका वडा अध्यक्ष कमल अधिकारीले जानकारी दिए।

वडाले पालिकाको खोप अभियान र निर्देशन अनुसार वडाको माथिल्लो मजुवा, यार्सा -भञ्ज्याङ्मै पुगेर खोप अभियान कार्यक्रमको आयोजना गरी वडाका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको वडा अध्यक्ष अधिकारीले बताए ।

वडाले मिर्गे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य चौकी देखि टाढा रहेका बस्तीमा पुगेर खोप लगाउने खोप केन्द्र तोकेर सोमबारदेखि खोप दिन सुरु गरिएको उनले बताए।

गाउँपालिकाले सोमबारदेखि फागुन १७ गतेसम्म ८ वडाका ३१ खोप केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाउँमै पुगेर खोप लगाउने जनाएको छ ।

त्यसै गरी पालिकाले विद्यार्थीको सहजताको लागि स्थानीय विद्यालयमै खोप केन्द्र स्थापना गरेको वैतेश्वर गाउँपालिका जनस्वास्थ्य निरीक्षक रुपेश चापागाईंले बताए।

नजिकिँदो वार्षिक परीक्षालाई मध्यनजर गर्दै विद्यार्थीको पठनपाठन तथा खोपबाट नछुटुन् भन्ने उद्देश्यले विद्यालयमा पनि खोप केन्द्र राखिएको चापागाईंले बताए।

गाउँपालिकाले ९ महिनादेखि ५ वर्ष उमेरका बालबालिका खोप अभियानमा नछुटुन् भनेर ३१ केन्द्र मार्फत एक हजार ५४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ। सोमबार पहिलो दिन करिब तीन सय बालबालिकालाई खोप लगाइएको छ ।

सुबास बस्नेत

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ३८ बजे

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले

अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा 

काठमाडौं– बलिउडका सुपरस्टार अक्षय कुमारको कार दुर्घटनाले सामाजिक सञ्जालमा तनावमा

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन