फिल्म ‘मोदीबेनी’ लिएर अमर र वर्षा  दुवै उत्साहित « Khabarhub

फिल्म ‘मोदीबेनी’ लिएर अमर र वर्षा  दुवै उत्साहित


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटी करिब तीन वर्षपछि चलचित्रको मुख्य भूमिकामा देखिँदै छन् । अभिनेता अमर प्रताप श्रेष्ठले डेब्यू गर्न लागेको फिल्म ‘मोदीबेनी’मा जोडिन पाउँदा उनी उत्साहित छन् ।

३५-४० वर्षको अगाडि र अहिलेको परिस्थितको कथामा आधारित यो फिल्मको टोली छायांकनको दोस्रो तालिकाअनुसार  फागुन १६ गतेबाट पर्वत निस्कने तयारीमा छ ।

अमर नव कलाकार भए पनि सहकार्य राम्रो हुने वर्षा आशावादी छन् । उनी भन्छिन्, ‘वर्कसपमा अमरको काम हेर्दा एकदम मेहनती कलाकारको रूपमा देखेकी छु । एक कलाकारमा हुनुपर्ने सबै गुण देखेकी छु ।’

नयाँ कलाकारसँग काम गर्दा सिकाउने र सिक्ने अवसर पाइने भएकाले यस फिल्मलाई लिए उत्साहित रहेको उनी बताउँछिन् ।

मन पर्ने नायिकासँग डेब्यू फिल्म गर्ने पाएका यस फिल्मबाट अमर थप आशावादी देखिन्छन् । उनी भन्छन्, ‘वर्षाजीसँगको कामबाट डेब्यू गर्न पाउनु मेरो लागि अहोभाग्य हो । उहाँ मेरो को-एक्टर मात्र नभएर मेरो सिनियर पनि हो । वर्षा र मेरो अन-स्क्रिन केमेस्ट्री जम्छ भन्नेमा विश्वास छ ।’

शङ्कर कोइरालाले निर्देशन गर्ने यस चलचित्रमा अमर र वर्षाका अलावा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराईलगायतको अभिनय रहनेछ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ५३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम