प्रधान सेनापति र अमेरिकी एडमिरल जोहन एक्यूलिनियोबीच भेट | Khabarhub Khabarhub

प्रधान सेनापति र अमेरिकी एडमिरल जोहन एक्यूलिनियोबीच भेट


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति महारथी प्रभुराम शर्मा र अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोहन सी एक्यूलिनियोबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ लगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। 

२०८० फाल्गुण १२ गते नेपालको तीनदिने भ्रमणमा आएका उनलाई जङ्गी अड्डामा प्रधान सेनापतिले स्वागत गरेका थिए। उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

ग्लोबल पिस अप्रेसन इन्टेटिभ (गोपी)को सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा यही फागुन ०८ देखि २ हप्ता अवधिको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको छ। उनले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको फागुन १३ गते अवलोकन गरेका छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : १७ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं