आठौं आरबिबि–एनभिए भलिबल चैतमा हुने | Khabarhub Khabarhub

आठौं आरबिबि–एनभिए भलिबल चैतमा हुने


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप, २०८० चैत्र ३ गतेदेखि सुरु हुने भएको छ ।

नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ३ देखि १० गतेसम्म राखेप कवर्डहलमा प्रतियोगीता सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगीतामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ९ टिम गरि २१ टिमको सहभागीता रहने संघले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुनेले रु ५ लाख, दोस्रो हुनेले साढे २ लाख र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए। त्यस्तै सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ४०–४० हजार पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही रु १५–१५ हजार नगद पुरस्कार पाउने श्रेष्ठले बताए ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५५ लाख खर्च लाग्ने र जसमध्ये मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकले १८ लाख रुपैयाँ उपलब्ध गराउने संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : ५५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य