आठौं आरबिबि–एनभिए भलिबल चैतमा हुने « Khabarhub

आठौं आरबिबि–एनभिए भलिबल चैतमा हुने


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप, २०८० चैत्र ३ गतेदेखि सुरु हुने भएको छ ।

नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ३ देखि १० गतेसम्म राखेप कवर्डहलमा प्रतियोगीता सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगीतामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ९ टिम गरि २१ टिमको सहभागीता रहने संघले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुनेले रु ५ लाख, दोस्रो हुनेले साढे २ लाख र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए। त्यस्तै सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ४०–४० हजार पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही रु १५–१५ हजार नगद पुरस्कार पाउने श्रेष्ठले बताए ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५५ लाख खर्च लाग्ने र जसमध्ये मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकले १८ लाख रुपैयाँ उपलब्ध गराउने संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : ५५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली