मौसम परिवर्तनसँगै बालबालिकामा हाँडे रोगको संक्रमण « Khabarhub

मौसम परिवर्तनसँगै बालबालिकामा हाँडे रोगको संक्रमण

समयमै उपचार नगराए प्रजनन स्वास्थ्यमा असर


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले मौसम परिवर्तनसँगै विभिन्न भाइरल संक्रमण फैलिरहेका छन्। यो मौसमी फ्लुबाट बालबालिका बढी प्रभावित भएको पाइन्छ। त्यस्तै काठमाडौं आसपासका क्षेत्रमा बच्चामा हाँडे रोगको समस्या अहिले बढ्दै गएको पाइएको चिकित्सक बताउँछन्।

हाँडे रोगलाई गल्फुलो र मम्प्स पनि भनिन्छ। यो पारमिक्जो भाइरसबाट सर्ने एक भाइरल संक्रमण हो। एक संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने पानीका स-साना फोका, र्याल तथा पिसाबको माध्यमबाट सर्ने गर्दछ। जुनसुकै उमेरमा देखिने भएपनि खोप नलगाएका ५ देखि १५ वर्षमुनिका बच्चामा यो रोग बढी देखिने गर्छ। हेर्दा सामान्य लाग्ने यो रोगको समयमै उपचार नगराए पछि गएर प्रजनन स्वास्थ्यमा असर गर्ने जोखिम हुने चिकित्सकको भनाइ छ।

अहिले बालबालिकामा के कस्ता स्वास्थ्य समस्या देखिरहेका छन् ? हाँडे कस्तो रोग हो ? यसको समयमै उपचार नगराउँदा अन्य के कस्ता समस्या निम्त्याउँछ ? यसबाट बच्न के गर्ने भन्ने विषयमा बि एण्ड बी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.संगीता शाक्यसँग गरिएको कुराकानी :

हाँडे रोगलाई गल्फुलो र मम्प्स पनि भनिन्छ। यो पारमिक्जो भाइरसबाट सर्ने एक भाइरल संक्रमण हो। एक संक्रमित व्यक्तिले खोक्दा निस्कने पानीका स-साना फोका, र्याल तथा पिसाबको माध्यमबाट सर्ने गर्दछ।

अहिले बालबालिकामा के कस्ता स्वास्थ्य समस्या देखिरहेका छन् ?
अहिले मौसम परिवर्तनको बेला भएकाले धेरैजसो त मौसमी रुघाखोकीका बिरामी बढिरहेका छन्। हाँडे रोगको संक्रमण पनि पछिल्लो समय बालबालिकामा धेरै देखिरहेको छ।

हाँडे रोग भनेको कस्तो रोग हो ?
कानको अगाडिको भाग सुन्निएर घाउ हुने समस्यालाई हाँडे भनिन्छ। पहिले पहिले त्यसमा टेप टाँसेर सुकाइन्थ्यो भने अहिले त्यसलाई औषधीमार्फत निको पारिन्छ। विगतका वर्षभन्दा यो वर्ष त्यसको संक्रमण धेरै बच्चामा फैलिएको छ।

हाँडे रोगको संक्रमण बढ्नुको कारण के हो ?
यो एउटा भाइरल इन्फेक्सन हो। यसको रोकथामको लागि मम्प्स भन्ने भ्याक्सिन पाइन्छ त्यो सँगै दादुरा रुबेलाविरुद्धको भ्यक्सिन पनि जोडिएर आउँछ। जसलाई एमएमआर भनिन्छ। सरकारले निःशुल्क लगाउने भ्याक्सीनमा हाँडे रोगको भ्याक्सिन जोडिएको हुँदैन। यो किनेर लगाउनुपर्ने हुन्छ। यसबारे धेरैलाई जानकारी नभएकाले लगाउँदैनन् त्यसैले अहिले बढिरहेको छ।

कानको अगाडिको भाग सुन्निएर घाउ हुने समस्यालाई हाँडे भनिन्छ। पहिले पहिले त्यसमा टेप टाँसेर सुकाइन्थ्यो भने अहिले त्यसलाई औषधीमार्फत निको पारिन्छ। विगतका वर्षभन्दा यो वर्ष त्यसको संक्रमण धेरै बच्चामा फैलिएको छ।

यसको समयमै उपचार नगराउँदा अन्य के कस्ता समस्या निम्त्याउँछ ?
यो एउटा भाइरसका कारणले हुने हो। उपचार गराए पनि नगराए पनि विस्तारै यो रोग निको भइहाल्छ। तर समयमै उपचार नगरी आफै निको हुन्छ भनेर बस्यो भने पछि गएर छोरा मान्छेमा शुक्रकिटको अभाव गराउने, अण्डकोषमा समस्या हुने र छोरी मान्छेमा पनि गर्भावस्थामा विभिन्न समस्या निम्त्याउने सम्भावना बढी हुन्छ। त्यस्तै समयमै उपचार गरिएन भने इन्सेफ्लाइटिस हुने सम्भावना रहन्छ।

यसका लक्षण कस्ता देखिन्छन् ?
सुरुमा सामान्य ज्वरो आउने, कान दुख्ने, कानको तलतिर सुन्निने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिने बित्तिकै उपचार गराउनु राम्रो हुन्छ।

मौसम परिवर्तनको समयमा बालबालिकामा हुने स्वास्थ्य समयाबाट जोगाउन के गर्नुपर्छ ?
बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ। आजभोलि धेरै बालबालिकालाई जंकफुड खुवाउने गरिन्छ। सकेसम्म दाल, भात, तरकारी, फलफूल लगायत पौष्टिक आहार खुवाउने गर्नुपर्छ। मौसमी रोगको रोकथामका लागि उपलब्ध भ्यक्सिन छन् भने ती भ्यक्सिन पनि बालबालिकालाई लगाउनुपर्छ। केही भ्याक्सिन सरकारले निःशुल्क दिइराखेको छ भने केही भ्यक्सिन शुल्क तिरेर पनि लगाउनुपर्ने हुन्छ।

मौसमी रोगको रोकथामका लागि उपलब्ध भ्यक्सिन छन् भने ती भ्यक्सिन पनि बालबालिकालाई लगाउनुपर्छ। केही भ्याक्सिन सरकारले निःशुल्क दिइराखेको छ भने केही भ्यक्सिन शुल्क तिरेर पनि लगाउनुपर्ने हुन्छ।

एउटै भ्याक्सिनलाई तीनदेखि चार हजारसम्म पर्नसक्छ। तर यो महँगो छ भनेर हिच्किचाउने अभिभावकले बालबालिकालाई लुगा, जुत्ता किन्न र घुमाउन धेरै खर्च गर्छन्। त्यो पैसा भ्याक्सिनमा खर्च गर्नुस्, जसले गर्दा बच्चाको स्वास्थ्य राम्रो बन्छ।

बच्चालाई अत्यावश्यक तर सरकारले निःशुल्क दिन नसकेको कुनै खोप छ ?
फ्लुको भ्याक्सिन अत्यावश्यक छ। जुन सरकारले निःशुल्क गर्न सकेको छैन। अभिभावकले यो भ्याक्सिन बालबालिकालाई अनिवार्य लगाउनुपर्छ। यसले बच्चालाई मौसमी रुघाखोकी, निमोनियालगायत समस्याबाट केही हदसम्म जोगाउँछ।

कुन उमेर समूहका बालबालिकालाई यो खोप लगाउन सकिन्छ ?
६ महिनाभन्दा माथिका सबै उमेर समूहले यो खोप लगाउन सक्छन्।

अहिले मौसमी फ्लुबाट कुन उमेर समूहका बालबालिका बढी प्रभावित छन् ?
जन्मेदेखि ७ वर्षसम्मका बालबालिका बढी प्रभावित छन्।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : ०७ बजे

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड