गाजामा युद्धविराम सबन्धी प्रस्ताव राष्ट्र संघीय सुरक्षा परिषदबाट पारित « Khabarhub

गाजामा युद्धविराम सबन्धी प्रस्ताव राष्ट्र संघीय सुरक्षा परिषदबाट पारित


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– पहिलो पटक संयुक्त राष्ट्रसंघबाट गाजामा युद्धविरामको प्रस्ताव पारित भएको छ । इजरायलको पक्षमा उभिदै आएको अमेरिका मौन बसे पछि पहिलो पटक सुरक्षा परिषदबाट युद्धविरामको प्रस्ताव पारित भएको हो ।

पाँच महिनाभन्दा बढी समयदेखि जारी इजरायल–हमास युद्धमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सोमबार पहिलो पटक तत्काल युद्धविरामको माग गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो मस्यौदामा भिटो लगाएको इजरायलको सहयोगी अमेरिकाले यस प्रकियामा भने भाग लिएन। चलिरहेको इस्लामिक पवित्र महिना रमजानको लागि तत्काल युद्धविरामको माग गरिएको छ ।

यसमा सुरक्षा परिषद्का अन्य १४ सदस्यले उक्त प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावमा स्थायी र दिगो युद्धविरामका उपायहरूका साथै हमास र अन्य विद्रोहीहरूबाट बन्धक बनाएकाहरूलाई रिहा गर्न आह्वान गरेको थियो।

सफल प्रस्तावको मस्यौदा आंशिक रूपमा सुरक्षा परिषदमा अरब ब्लकको वर्तमान सदस्य अल्जेरियाले बनाएको थियो भने स्लोभेनिया र स्विट्जरल्याण्डलगायत अन्य देशहरू पनि यसमा सामेल भएका थिए ।

तर, रुस र चीनले यसलाई अवरुद्ध गरेका थिए । गाजामा आफ्नो कारबाही रोक्न इजरायलको स्पष्ट माग पूरा नराखेको भन्दै अरब देशहरूको आलोचना गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : ४९ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण