वन्यजन्तुबारे पाँंचदिने अध्ययन कार्यशाला सुरु « Khabarhub

वन्यजन्तुबारे पाँंचदिने अध्ययन कार्यशाला सुरु


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– वन्यजन्तुबाट सर्नसक्ने रोगको सम्भाव्यता र प्रभाबबारे अध्ययन थालिएको छ । सोमबार सुरु भएको वन्यजन्तु संरक्षण सम्वन्धी पाँंचदिने कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको प्राकृतिक श्रोत व्यवस्थापन संकायलगायतको आयोजनामा सुरु भएको जिव विज्ञान सम्वन्धी कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो ।

नेकको प्राकृतिक श्रोत व्यवस्थापन संकाय प्रमुख डा. नारायणप्रसाद कोजूले पाँंच दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राध्यापक र विद्यार्थीको संलग्नतामा यसबारे छलफल सुरु भएको बताए ।

छलफलको क्रममा वन्यजन्तुसंरक्षण, तिनीहरूबाट मानवमा हुनसक्ने सरुवा रोगको सम्भाबना र प्रभाव, वन्यजन्तु सम्बन्धी अध्ययनको तरिका, संकलित तथ्याङ्कको विश्लेषणलगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुने उनले बताए । साथै वन्यजन्तु सम्बन्धी विज्ञान पत्रकारिताबारे पनि छलफल हुने उनले जनाएका छन् । त्यस क्रममा वन्यजन्तुबारे समाचार लेख्न सूचना संकलन तरिका, लेखन आदिबारे पनि छलफल हुने उनले सुनाए ।

कार्यशालामा ११ वटा विश्वविद्यालयका २५ जना विद्यार्थी र आठ जना प्राध्यापकहरू संलग्न रहेको जनाइएको छ । कार्यशालामा विद्यार्थीहरुको तर्फबाट स्नातक उत्तीर्ण, स्नातकोत्तर अध्ययनरत विद्यार्थी सहभागी रहेका छन ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, त्रिविअन्तर्गतका आंगिक क्याम्पस तथा आयोजक नेककै गरी विभिन्न विषयका अनुसन्धानकर्मीहरुले अनुसन्धान विधि, प्रयोगबारे छलफल हुनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, युनिभर्सिटी अफ वासिङ्टन, त्रिभुवन विश्वविद्यालयलगायतबाट सहभागी भएका छन् । कार्यशालामा नेपालका प्राकृतिक श्रोतसाधन र जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान, मुलुकको प्राकृतिक श्रोतसाधन तथा जैविक विविधताको महत्व, प्राकृतिक श्रोतसाधन तथा जैविक विविधबारे छलफल हुने जनाइयो ।

प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको संरक्षण र सम्वर्द्धन, प्राकृतिक श्रोतसाधन तथा जैविक विविधताको अध्ययन अनुसन्धानको प्रयोगात्मक विधिबारे चर्चा गरिने जनाएको छ । साथै, प्राकृतिक श्रोत साधन तथा जैविक विविधताको अध्ययन अनुसन्धानका लागि प्रयोग हुने उपकरणबारे पनि छलफल हुनेछ ।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ९ : ०८ बजे

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर