'महाजात्रा' हेरेपछि ओलीले भने- १० मा साढे ९ दिन्छु  | Khabarhub Khabarhub

‘महाजात्रा’ हेरेपछि ओलीले भने- १० मा साढे ९ दिन्छु 


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेपछि सोमबार प्रतिक्रिया दिने क्रममा उनले १० मा ९ दशमलव ५ नम्बर दिने बताए । 

अध्यक्ष ओलीले भने,  ‘फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाएँ । पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्न अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् ।’

फिल्म हेर्न ओली एमालेका ४० जना नेताको समूह लिएर सिनेमा घर पुगेका थिए । पत्नी राधिका शाक्यसहित ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका नेता सहभागी थिए ।  

अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित नेताको निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म ‘महाजात्रा’ ले दर्शकबाट राम्रो साथ पाएको छ ।

यो पनि…

‘महाजात्रा’ : तीन दिनमा चार करोड २५ लाखको व्यापार

‘महाजात्रा’ हेरेपछि रमिला भन्छिन्– ‘श्रीमानले पिटाइ खाएको देख्दा दुःख लाग्यो’

निर्देशक प्रदीप: महजोडीको ‘ब्याकबोन’

‘महाजात्रा’ : तीन दिनमा चार करोड २५ लाखको व्यापार

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १२ : ४२ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको