फ्लोरिडामा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई सीमित गरिने « Khabarhub

फ्लोरिडामा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई सीमित गरिने


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले १४ वर्ष मुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाताहरू राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । 

यो कानुनले सामाजिक सञ्जालमा खाता खोल्नको लागि १४ र १५ वर्षका बालबालिकाले अभिभावकको सहमति लिनुपर्ने व्यवस्था पनि गरेको छ ।

यसले ‘अभिभावकहरूलाई आफ्ना बच्चालाई सुरक्षित राख्न सहयोगी बन्ने विश्वास गरिएको छ । सामाजिक सञ्जालमा बालबालिकालाई  अनुपयुक्त साइटहरूमा पहुँच रोक्नको लागि वेबसाइटहरूको आवश्यकता रहेको छ । सन् २०२५ जनवरी १ देखि यो विधेयक कार्यान्वयनमा आउनेछ । 

नयाँ कानुनसँगै अर्कान्सास, क्यालिफोर्निया, लुजियाना, ओहायो र युटापछि  फ्लोरिडा सामाजिक सञ्जालमा बालबालिकाको पहुँच सीमित गर्ने नियमहरू लागू गर्ने अर्को एक अमेरिकी राज्य बनेको छ । 

सामाजिक सञ्जालमा पहुँचसम्बन्धी यो कानुनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकालाई पार्ने नकारात्मक असरलाई रोक्नेछ वकिलहरूको तर्क रहेको छ ।

हालै पारित नयाँ कानूनले अन्य राज्यहरूमा पहिले नै चलिरहेको चुनौतीहरूको जस्तै कानुनी विरोधको सामना गर्नसक्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : १० बजे

विवाद, राजनीति र व्यापारका बीच सकियो विश्वकप: भर्डेको चमत्कारदेखि ट्रम्पको हस्तक्षेपसम्म

काठमाडौँ – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिका, मेक्सिको र क्यानडाले

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी– गत आर्थिक वर्ष (आव)मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को