आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य « Khabarhub

आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयरल्यान्ड ‘ए’सँग दुई टी-२० अभ्यास खेलअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १९९ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो । नेपालका गुलसन झाले ४६ रन बनाएर आउट भए । गुलसनले ३२ बलमा ४६ रन बनाए ।

आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा ३४ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ३३ रन बनाए । सन्दीप जोरा २१ रनमा आउट हुँदा अनिल साहले १२, आसिफ सेखले ११ र कुशल भुर्तेलले २५ रन बनाए । विवेक यादव ७ रनमा नटआउट रहे ।

आज नेपालले आफ्नो टिममा दुई परिवर्तन गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको नेपालले अनिल शाह र विवेक यादवलाई मौका दिएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : ४४ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक