चट्याङ लागेर एकै घरका तीन घाइते « Khabarhub

चट्याङ लागेर एकै घरका तीन घाइते


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका-१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।

चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। 

सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरूको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए। छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको उनले बताए।

 चट्याङबाट एककोठे कच्ची घर पनि जलेर  नष्ट भएको उनले बताए। 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ३ : ४५ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी