महासचिव गुटेर्रेसद्वारा प्यालेस्टिनी शरणार्थी शिविरको अनुगमन « Khabarhub

महासचिव गुटेर्रेसद्वारा प्यालेस्टिनी शरणार्थी शिविरको अनुगमन


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जोर्डनमा जारी रमजान एकता भ्रमणका क्रममा प्यालेस्टाइन शरणार्थी शिविर भ्रमण गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले जोर्डनमा संयुक्त राष्ट्रसङ्घीय राहत तथा काय निकार्य (युएनआरडब्लुए) द्वारा सेवा दिइरहेका प्यालेस्टिनी शरणार्थीहरूलाई भेट्न र सेवाबारे जानकारी लिन शिविरको भ्रमण गरेका हुन् ।  

राष्ट्रसङ्घका प्यालेस्टिनी शरणार्थीहरूको कल्याणका लागि समर्पित रहेको बताउँदै द्वन्द्वमा मारिएका संयुक्त राष्ट्रका सहकर्मी तथा अन्य मृतकप्रति श्रद्धाञ्जली दिँदै मौनधारणपछि शरणार्थीलाई संक्षिप्‍त सम्बोधन गरे ।  

पछिल्लो समयमा जार्डन २४ लाख प्यालेस्टिनी शरणार्थीहरूको घर रहेको बताउँदै उनले  यो सङ्ख्या यस क्षेत्रको सबैभन्दा ठूलो सङ्ख्या भएको बताए।  भ्रमणका क्रममा उनले गाजाका विद्यार्थीसहित प्रेरणादायी युवा विद्यार्थी, सांसद तथा नेताहरूलाई भेटे । 

गाजामा युद्धका कारण आएको हृदयविदारक समयमा यो एउटा हृदयस्पर्शी र ऐक्यवद्धता भ्रमण भएको उनले बताए। 

सिरिया, लेबनान, कब्जा गरिएको वेस्ट ब्यांकक र गाजामा पनि युएनआरडब्लुए आशा र मर्यादाको सहयात्री भएको महासचिव गुटेरेसले उल्लेख गरे।  

युएनआरडब्लुएले पाँच लाखभन्दा बढी बालबालिका लागि शिक्षा, करिब २० लाख मानिसहरूलाई स्वास्थ्य सेवा, रोजगारीका अवसरहरू र समुदाय र पारिवारिक समर्थन, र करिब पाँच लाख गरिब प्यालेस्टिनीहरूका लागि सामाजिक सुरक्षा सुनिश्चित गरिरहेको उनले बताए। 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : १८ बजे

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच