रास्वपाले चैत १४ गतेसम्ममा इलाम-२ को उम्मेदवार टुङ्ग्याउँछ : सहमहामन्त्री बुर्लाकोटी  « Khabarhub

रास्वपाले चैत १४ गतेसम्ममा इलाम-२ को उम्मेदवार टुङ्ग्याउँछ : सहमहामन्त्री बुर्लाकोटी 


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चैत १४ सम्ममा इलाम २ मा हुने उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउने बताएको छ । 

सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी ले १४ गते मात्र उम्मेदवारको नाम फाइनल हुने बताए । 

उनका अनुसार हालसम्म रास्वपाबाट आफ्नो उम्मेदवार बन्नका लागि ७ जनाले इच्छा  जायर गरेका छन् । तर ३ जनाले मात्र लिखित निवेदन दिएको बताइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखमा उपनिर्वाचन हुने इलाम–२ को अवस्था बुझ्न बुर्लाकोटीलाई इलाम पठाएको थियो । उनले सम्पुर्ण अध्ययन गरेर विवरण पार्टीका केन्द्रीय नेताहरूलाई बुझाएको बताएका छन् । 

उनले खबरहबलाई भने, ‘हामीले उम्मेदवार फाइनल गरेका छैन । सकभर स्थानीय तथा त्यहाँको भूगोल बुझेको उम्मेदवार अगाडि आउनु हुने छ ।’  

यता पहिचान पक्षधर मिलन लिम्बुलाई रास्वपाले आफ्नो उम्मेदवार बनाउने चर्चा चलेको छ । उनले पनि रास्वपाको उम्मेदवार बन्न सबै कोणबाट छलफल भइरहेको बताएका छन् । 

लिम्बूले खबरहबसँग भने, ‘रास्वपाको नेतृत्वसँग छलफल चलिरहेको छ । सकारात्मक छलफल छ ।’ 

युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका छन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका महासचिव हुन् ।

यस्तै माओवादी निकट पत्रकारको संस्था प्रेस सेन्टर नेपालमा पनि आबद्ध थिए । तर उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार अगाडि बढाएका छन् । एमाले उपाध्यक्ष सुवास नेम्वाङको मृत्युपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त छ। त्यहाँ  वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । 

बझाङको प्रदेश सभा क्षेत्र नं १ को उपनिर्वाचनमा भने रास्वपाले उम्मेदवार नउठाउने निर्णय गरिसकेको छ । 

गत ०७९ को निर्वाचनमा भने रास्वपाले इलाम २ बाट १ हजार ३६३ मत पाएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ५३ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा