दुर्गा प्रसाईंका अङ्गरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश « Khabarhub

दुर्गा प्रसाईंका अङ्गरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका अङ्गरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई आज थुनामुक्त गर्न आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “हतियार इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेकोसमेतको अनुसन्धान तहकिकातको कार्य कानुनसम्मत नभई निवेदकको थुना गैरकानुनी देखिन आयो ।”

आदेशमा निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्रलगायतका काम कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानुनी थुनाबाट आजै मुक्त गरिदिनु भनिएको छ । धिमाल र खड्कालाई प्रहरीले यही चैत ५ गते सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : २४ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ