छ महिनादेखि कर्मचारीले पाएनन् तलब « Khabarhub

छ महिनादेखि कर्मचारीले पाएनन् तलब


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् ।

कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत आफूहरुलाई स्वास्थ्य निर्देशनालयले नियमितरुपमा काममा लगाए पनि अहिलेसम्म तलब नदिएको कर्मचारीको गुनासो छ । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् ।

कैलालीको त्रिनगर सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौलालगायतका सीमानाकाका हेल्थ डेस्कका कर्मचारीले छ महिनादेखि तलब नपाएको बताए ।

“स्वास्थ्य निर्देशनालयले तलबका लागि बजेट आउँछ, तपाईंहरु काम गर्नुस् भन्छ”, साउदले भने, “आश गर्दागर्दै अहिलेसम्म पनि तलब नपाइएपछि ऋण निकालेर परिवार पालिरहेका छौँ”, पारिश्रमिक नपाउनेमा त्रिनगर हेल्थ डेस्कका १० कर्मचारीसहित प्रदेशका सबै सीमानाकामा गरी जम्मा २७ कर्मचारी छन् ।

“करारमा कार्यरत कर्मचारीको म्याद थपिएको पनि छैन, निर्देशनालयले काम गर्न खटाएपछि लगनशीलताका साथ काम गरिरहेका छौँ, तलब नपाउँदा अन्योल भएको छ”, हेल्थ डेस्कका कर्मचारीको भनाइ छ ।

त्रिनगर हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई सुरुको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिकाले सङ्घीय सरकारको बजेटबाट तलब खुवाएको थियो । त्यसपछिको समयमा सङ्घबाट बजेट नआए पनि नगरपालिकाले आफ्नै बजेटबाट तलब खुवाएको थियो ।

कोरोना भाइरसको महामारीको बेला स्वास्थ्यका कर्मचारीलाई दिइएको जोखिम भत्तासमेत यी कर्मचारीले पाएका थिएनन् । त्यति बेला पनि शुद्ध तलबबाहेक अन्य कुनै सुविधा नपाएको कर्मचारीको गुनासो छ । विगतमा देखिएको कोरोनाको महामारीका समयदेखि प्रदेश सरकारले सीमानाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो ।

हेल्थ डेस्कमा कोरोना भाइरस, एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, कालाजार, स्क्रब टाइफस रोगको नमूना जाँच हुने गरेको छ । यसबाहेक प्राथमिक उपचारको सेवाका साथै सीमामा अलपत्र परेको बेसहारा नागरिकको उद्धारको कामसमेत गर्ने गरिएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा जगदीश जोशीले बजेटका लागि अर्थ मन्त्रालयसँग स्वास्थ्यसेवा विभागले समन्वय गरिरहेको र विभागले हेल्थ डेस्कका कर्मचारीलाई तलबका लागि बजेट पठाउने अश्वासन दिएको बताए ।

उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा विभागले हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई तलब खुवाउन प्रस्ताव गरेको बजेट अर्थ मन्त्रालयले कटौती गरेको रहेछ, अब बजेट रकमान्तर गरेर भए पनि पठाउँछौँ भन्ने जानकारी विभागले दिएको छ ।”

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : १४ बजे

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध आन्दोलन जारी

नयाँ दिल्ली- भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं– के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ

हिजो र आज दुवै नेतृत्वप्रति नागरिक निराश भए, यसबारे समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हिजोका र आजका दुवै

के प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेर शिक्षा र स्वास्थ्यको कर हटाउन मिल्छ ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले चौतर्फी विरोध भएपछि मंगलबार सामाजिक सञ्जाल

हिजो र आज दुवै नेतृत्वमा नागरिक किन निराश छन् भन्ने समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारलाई हिजो र आज