आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल २६ तारिख। वैशाख कृष्ण पक्षको द्वितीया तिथि। विश्व बौद्धिक सम्पत्ति दिवससमेत परेको छ।

ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : सहयोग गर्छु भन्नेले नै झुक्याउने जोखिम देखिन्छ। कुनै कामको सुरुवात गर्नु अगाडि सोच विचार गर्नुपर्ने दिन छ। व्यवसायमा मन अशान्त हुनेछ। परिवारको तर्फबाट भने शान्ति मिल्नेछ।

वृष : आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

मिथुन : सोचेको काम बन्नेछ। इज्जतको प्रशंसा हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : प्रतिस्पर्धामा अब्बल ठहर हुने दिन छ। गुरुबाट सहयोग मिल्नेछ। तपाईंको साथ महत्त्वपूर्ण हुन्छ। सामाजिक क्षेत्रमा भने झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ।

सिंह : कर्मको फल प्राप्त गर्ने योग रहेको छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। यात्रामा भने सचेत हुनुपर्ने देखिन्छ। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ।

कन्या : रमाइलो यात्राको योग छ। यो यात्राले दीर्घकालीन योजना बनाउने छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : मनमा शान्ति मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ। व्यवसायमा उन्नति हुनेछ।

वृश्चिक : तर्क गरेर जित्नुपर्ने दिन छ। प्रतिस्पर्धी पराजित हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। जटिल भनिएको काम सहजै बन्नेछ।

धनु : आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। परिवारमा भने विवाद हुने जोखिम छ। पढाइमा ध्यान दिनु राम्रो हुन्छ।

मकर : लामो समयदेखि रोकिएको काम बन्नेछ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा आफ्नो विरोध आफैंले सुन्नु पर्नेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। कर्मचारी भए बढुवा हुनेछ। शब्दको जालमा फस्ने जोखिम हुनसक्छ। आफन्तले असहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मीन : दिन रमाइलोमा बित्नेछ। तपाईंलाई भावनात्मक साथ र सहयोग गर्ने धेरै छन्। गुरुबाट असहयोग हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ०३ बजे

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो

एजेन्सी– पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १०

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

सुदूरपश्चिम– दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ