बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न « Khabarhub

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो । 

डुम्रे-बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । पाँच दशमलव पाँच मिटरमा सवारीसाधन सञ्चालन हुने, एक दशमलव एक मिटर पानीको निकास र पैदलयात्री मार्ग एक मिटर चौडा छ । कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा  रु २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता भएको थियो । 

बेँसीसहरबाट खुदीसम्म करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका-६ स्थित तीन सय मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर २० करोड लागत अनुमान गरेकामा रु १६ करोड र सोही स्थान नजिक एक सय २० मिटरको करिब रु चार करोडमा पुल तथा बाटो निर्माण भइरहेको छ । 

पैसठ्ठी किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर छ । खुदीसम्म कालोपत्र भए पनि त्यहाँबाट चामेसम्मको अधिकांश भाग जीर्ण छ । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया