काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण | Khabarhub Khabarhub

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शीर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ । 

त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ भने भारतको दिल्ली १७३ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ । 

प्रदुषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ । 

२०१ देखि ३०० सम्मको अति अस्वस्थ अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।  काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : २४ बजे

अमेरिकी सरकारको दस्तावेज भन्छ– हर्क साम्पाङले पत्रकारलाई धम्क्याए

काठमाडौं– अमेरिकाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उनका समर्थकले

कार्बन सञ्चितिवापत् नेपालले सन् २०२८ सम्ममा १० अर्बभन्दा बढी रुपैयाँ प्राप्त गर्ने

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा वन

जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्नेछु : मुख्यमन्त्री बानियाँ

बागमती– प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी

गृहमन्त्रीले भने- रविलाई छुट्टै कोठामा राखेर कैदीले पाउने सबै सुविधा उपलब्ध गराएका छौँ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा

‘जबज’को रट लगाएर नबसौं, एमालेको नाम फेरौं

काठमाडौं– सत्तारुढ नेकपा एमालेभित्र फेरि जनताको बहुदलीय जनवाद (जबज) र