सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक « Khabarhub

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको काममा ढिलाइ भएको छ । पर्याप्त बजेट नहुँदा सो लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ ।

जम्मा दुई सय चार किलोमिटर लम्बाइ रहेको उक्त सडकको ७८ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर सडकको ट्रयाक खोल्न  बाँकी  छ । 

कैलालीको टीकापुरदखि चैनपुरसम्म डोटी, बझाङ र अछाममा रेखांकन गरिएका कतिपय ठाउँमा ट्रयाक खोल्न बाँकी रहेको आयोजना प्रमुख पुजन गिरीले बताए। अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर सडकको ट्रयाक खोल्ने काम बाँकी रहेको प्रमुख गिरीले जानकारी दिए ।

उनका अनुसार बाजुराको मेडासैनदेखि राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । सो सडकखण्डमा पर्ने कतिपय ठाउँमा रुख कटानीका कारण ट्रयाक खोल्ने काम अघि नबढेको हो । चैनपुरदेखि उरै भञ्ज्याङसम्म भौगोलिक विकटताका कारण काम गर्न समस्या भइरहेको आयोजना प्रमुख गिरीले बताए ।

चालु आर्थिक वर्षमा सो सडकका लागि रु १४ करोड बजेट विनियोजन गरिएको थियो । सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा रु तीन करोड विनियोजन गरिएको थियो । पुल निर्माण सम्पन्न भएपनि बजेट अभाव भएकाले भुक्तानी दिन नसकिएको प्रमुख गिरीले बताए । 

कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाका जोड्ने यो लोकमार्ग उत्तर-दक्षिण जोड्ने रणनीतिक महत्व बोकेको सडक हो । यो लोकमार्ग धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण चीनको मानसरोवर पुग्ने छोटो मार्ग हो । 

आव २०६५-६६ मा निर्माण सुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकताको आयोजना भनिएपनि काम सुस्त बनेको हो । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : ३४ बजे

ट्रेन्ड फेरिँदा हिट लिस्टमा नयाँ निर्देशकहरू !

काठमाडौं – पछिल्लो हिट फिल्म ‘गौँथली’सम्म आइपुग्दा प्रष्ट हुन्छ– अब

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो