क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाइसकेको भनी प्रलोभन देखाउँदै पीडितलाई दुबई पुर्‍याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फर्काउन सफल भएका थिए ।

घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

हवारीले क्यानडा जानको लागि ३० लाख रुपैयाँ लाग्ने बताएको र पीडितलाई बिहे गर्ने सम्म प्रलोभन देखाई नेपालमै पटक पटक यौन शोषण गरी विभिन्न समयमा ११ लाख २८ हजार रुपैयाँ रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १ : १९ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन