ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी « Khabarhub

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रमक हुँदै  गएका छन् ।

अध्यक्ष नेपालले त्यही झल्को समाजवादीको भ्रातृसंगठन युवा संघ नेपालले गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा देखाए ।

पूर्व प्रधानमन्त्री नेपालले २०७४ को निर्वाचनमा पाएको मतका कारण नेताहरूमा घमण्ड बढ्दा ०७९ को निर्वाचनमा क्षति भोग्नु परेको दाबी गरेका छन् ।

उनले ०७४ मा कम्युनिस्ट पार्टीले पाएको मतको सदुपयोग हुन नसकेको गुनासो पनि गरे ।

सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै २०७४ को जनमत खेर फ्याँकेको आरोप लगाए ।

‘२०७४ सालमा जनताले हामीलाई झण्डै दुईतिहाइ बहुमत दिए । त्यसलाई सदुपयोग गर्न सकेको भए २०७९ को सालमा हामीलाई सजिलो हुन्थ्यो’, उनले भने, ‘त्यसबेला हामीले शक्तिको सदुपयोग गर्नुपर्थ्यो, त्यो हुन सकेन । नेताहरूको दिमागमा घमण्ड सवार भको थियो ।’

अध्यक्ष नेपालले जर्मनका क्रुर शासक हिटलर पनि घमण्डकै कारण सकिएको जिकिर गरे । सम्बोधनका क्रममा उनले जनताबाट प्राप्त शक्तिलाई सदुपयोग गर्न सक्नुपर्नेमा पनि जोड दिएका छन् ।

अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिस्टबाहेक अरु कुनै पार्टीसँग नरहेको पनि जिकिर गरे ।

कम्युनिस्टहरू यथास्थितिमा नबसी परिवर्तनमा रमाउनुपर्ने तर्क नेपालले गरे ।

सत्तामा बस्नेहरूले शक्तिका आडमा मात्तिन नहुने तर्क पनि गरे । ‘सत्तामा पुगेपछि विनम्र हुनुपर्छ’, उनले भने, ‘सत्तामा पुगेपछि मात्तिएमा क्षति भोग्नुपर्ने हुन सक्छ ।’

उनले गणतान्त्रिक आन्दोलन हुँदा ओलीले नपत्याएको पनि दाबी गरे । ओलीले २०६२/६३ को जनआन्दोलनताका बोलेको बयलगाडासम्बन्धी चर्चित उखानलाई पनि नेपालले त्यहाँ दोहोर्‍याए ।

‘कतिपयलाई आन्दोलन गरेर गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भन्ने लाग्यो’, ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘तर हामीले आन्दोलन अघि बढायौँ । कांग्रेसलाई पनि मैले नै आन्दोलनमा ल्याएको हो । हामीले ठाउँ ठाउँमा पुगेर आन्दोलन उठायौँ। त्यहीकारण आज हामीसामु यो उपलब्धि छ । ’

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : ०५ बजे

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

किमाथांका–  सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध

एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच

अफ्रिकामा इबोलाको खतरा बढ्दो, कङ्गोमा २० हजार संक्रमित पुग्न सक्ने चेतावनी

किन्सासा– अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारी थप गम्भीर

सडक सञ्जालमा जोडियो अपि

दार्चुला– अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३