गृहमन्त्रीको निर्देशन – ‘प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्नू’ « Khabarhub

गृहमन्त्रीको निर्देशन – ‘प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्नू’


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्न निर्देशन दिएका छन्  ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश/निर्देश कुर्दा उद्धार लगायत काममा ढिलाइ हुने र क्षति पनि धेरै हुन सक्ने भएकाले केन्द्रको निर्देशक कुरेर नबस्न भनेका हुन् ।

उनले घटना भइसकेपछि तत्काल राहत वितरणको विषयमा आफूले यसअघि नै आवश्यक निर्देशन दिइसकेको भन्दै कुनै पनि प्रशासनले तत्काल दिने राहतमा ढिलाइ नगर्न समेत आग्रह गरे ।

आपतका बेला दुई–चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थामा सरकार नरहेको र पर्याप्त स्रोत परिचालन गरेको उनले बताए । प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण निम्ति यसअघि भएका गल्तीलाई नदोहोर्‍याउने गरी आवश्यक तयारी गर्न जरुरी रहेको गृहमन्त्री लामिछानेको भनाइ थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ४ : ४२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन