‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु « Khabarhub

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका चलचित्र  ‘खुस्मा’को दोस्रो चरणको  छायांकन सुरु भएको छ । निर्माण पक्षले पूर्वी रुकुमको मैकोटबाट दोस्रो सुरु गरेको हो ।

निर्देशक अशोक थापा मगरका अनुसार बिहीबारबाट पुन मगर जातीको उद्गम स्थल रुकुमको मैकोट छायांकन सुरु गरिएको हो ।  मैकोट अभिनेता धिरजको जन्मथलोसमेत हो ।

त्यहाँपछि टकसेरा र पोखरामा छायांकनको तालिका रहेको निर्देशक मगरले बताए । गत माघमा यस चलचित्रको पहिलो चरणको छायांकन मनाङमा भएको थियो ।

 मगर समुदायको परिवेशमा निर्माण यस चलचित्र जनयुद्धको प्रभावबीच अंकुराएको प्रेमकथामा आधारित रहेको निर्माण पक्षले बताएको छ ।

सिनेमामा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्देशक मगर स्वयंले लेखेका हुन् । चलचित्रमा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगरको संयुक्त लगानी रहेको छ । मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सह निर्माता हुन् भने मोहन राई कार्यकारी निर्माताको जिम्मेवारीमा छन् ।

चलचित्र असोज ३ गतेबाट विश्वभर एकसाथ प्रदर्शन हुने बताइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ४ : ५१ बजे

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे– पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् ।

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष