भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण | Khabarhub Khabarhub

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको परियोजनाको उद्घाटन गरिएको छ ।

भारत सरकारको ३ करोड ६७ लाख आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको परियोजनाको खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्या‍उँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

उक्त अवसरमा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको उपस्थिति रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

यस परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्गे खोलामा तटबन्ध र खोलाको बहाव नियमन गर्न एवं नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको जनाइएको छ ।

परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपद् विरुद्ध जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ८९ वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा एक सय छ वटा परियोजना रहेका छन् जसमा नौ परियोजना चितवनमा छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ३१ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको