भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण | Khabarhub Khabarhub

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको परियोजनाको उद्घाटन गरिएको छ ।

भारत सरकारको ३ करोड ६७ लाख आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको परियोजनाको खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्या‍उँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

उक्त अवसरमा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको उपस्थिति रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

यस परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्गे खोलामा तटबन्ध र खोलाको बहाव नियमन गर्न एवं नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको जनाइएको छ ।

परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपद् विरुद्ध जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ८९ वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा एक सय छ वटा परियोजना रहेका छन् जसमा नौ परियोजना चितवनमा छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ३१ बजे

संविधान परिमार्जन गरेर अगाडि बढ्नु पर्छ : डा. शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान परिमार्जन गरेर

विचाराधीन मुद्दामा बोलेर गल्ती भयो, माफी चाहन्छौँ : मह जोडी

काठमाडौं– वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

हेटौँडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति

सहकारी प्रकरण : कार्यदलसहित शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो

बेलायतमा किन बढ्दैछ राजनीति छोड्नेहरूको लहर ?

काठमाडौं– बेलायतमा आमचुनावको घोषणासँगै प्रधानमन्त्री ऋषि सुनक नयाँ समस्यामा परेका