झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई | Khabarhub Khabarhub

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो बारेमा आधारहीन र झुटो समाचार सम्प्रेषण भएको भन्दै भर्त्सना गरेका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै न्यायाधीश भट्टराईले आधारहीन, झुटो र जनतामा भ्रम छर्ने उदेश्यबाट समाचार सम्प्रेषण गरिएको भन्दै भर्त्सना गरेका हुन् ।

उनले आफ्नो ४३ वर्षे न्यायिक यात्रा खुला किताबजस्तै रहेको समेत उल्लेख गरेका छन् । स्टिङ अपरेसनसम्बन्धी मुद्दाका कुनै पक्षसँग आफूले भेटघाट नगरेको उनकाे भनाइ छ ।

शुक्रबार बिहान सिधाकुरा नामक सामाजिक सञ्जालले ‘चार सय मुद्दा मिलाउन गोप्य डिल’ शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

न्यायाधीश भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आज सिधा कुरा भन्ने सामाजिक संजालमा प्रसारित समाचारमा मेरो नाम जोडिएकोमा म आश्चर्यचकित र स्तब्ध भएको छु । मेरो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तक जस्तै छ । जुन मुद्दाको प्रसंगमा मलाई जोडियो सो मुद्दामा म संलग्न थिइनँ भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ । त्यतिमात्र नभई जुन समयमा संवैधानिक इजलासबाट सो फैसला भयो सो अवधिमा मलाई संवैधानिक इजलासमा विरलै राखिएको कुरा पनि स्पष्ट गर्दछु । साथै स्टिङ्ग अपरेशनमा संवैधानिक इजलासबाट फैसला भएपश्चात् मसहितको संयुक्त इजलासबाट गरिएका कैयौं फैसलाहरूले सो विषयमा मेरो न्यायिक धारणा व्यक्त गरेका छन् । उल्लिखित विषयमा मैले कसैलाई भेटेको वा कहींकतै उपस्थित रहेको भन्ने कुरा नै तथ्यहीन छ । यस्तो आधारहीन, झुठो र जनतामा भ्रम छर्ने कुत्सित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु ।’

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : २२ बजे

चितवनमा बाघ र गैँडा मृत फेला

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश

आयोगले सुरु गर्‍यो जसपाका जनप्रतिनिधिको सनाखत

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा

सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै

काठमाडौं- गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा