झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई « Khabarhub

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो बारेमा आधारहीन र झुटो समाचार सम्प्रेषण भएको भन्दै भर्त्सना गरेका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै न्यायाधीश भट्टराईले आधारहीन, झुटो र जनतामा भ्रम छर्ने उदेश्यबाट समाचार सम्प्रेषण गरिएको भन्दै भर्त्सना गरेका हुन् ।

उनले आफ्नो ४३ वर्षे न्यायिक यात्रा खुला किताबजस्तै रहेको समेत उल्लेख गरेका छन् । स्टिङ अपरेसनसम्बन्धी मुद्दाका कुनै पक्षसँग आफूले भेटघाट नगरेको उनकाे भनाइ छ ।

शुक्रबार बिहान सिधाकुरा नामक सामाजिक सञ्जालले ‘चार सय मुद्दा मिलाउन गोप्य डिल’ शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

न्यायाधीश भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आज सिधा कुरा भन्ने सामाजिक संजालमा प्रसारित समाचारमा मेरो नाम जोडिएकोमा म आश्चर्यचकित र स्तब्ध भएको छु । मेरो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तक जस्तै छ । जुन मुद्दाको प्रसंगमा मलाई जोडियो सो मुद्दामा म संलग्न थिइनँ भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ । त्यतिमात्र नभई जुन समयमा संवैधानिक इजलासबाट सो फैसला भयो सो अवधिमा मलाई संवैधानिक इजलासमा विरलै राखिएको कुरा पनि स्पष्ट गर्दछु । साथै स्टिङ्ग अपरेशनमा संवैधानिक इजलासबाट फैसला भएपश्चात् मसहितको संयुक्त इजलासबाट गरिएका कैयौं फैसलाहरूले सो विषयमा मेरो न्यायिक धारणा व्यक्त गरेका छन् । उल्लिखित विषयमा मैले कसैलाई भेटेको वा कहींकतै उपस्थित रहेको भन्ने कुरा नै तथ्यहीन छ । यस्तो आधारहीन, झुठो र जनतामा भ्रम छर्ने कुत्सित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु ।’

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : २२ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई