संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण « Khabarhub

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदको गतिरोध हटाउन ध्यानाकर्षण गराएका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितले संसदमा जारी गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रिय पहलको आवश्यक रहेकोमा जोड दिए ।

यसअघि एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमालसहितका नेताले सदनमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष नेपालले सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १२ : २४ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट