संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण « Khabarhub

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण


१३ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदको गतिरोध हटाउन ध्यानाकर्षण गराएका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितले संसदमा जारी गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रिय पहलको आवश्यक रहेकोमा जोड दिए ।

यसअघि एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमालसहितका नेताले सदनमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष नेपालले सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १२ : २४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस