एमालेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा | Khabarhub Khabarhub

एमालेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)ले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको जनाएको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको तयारी पुरा भएको र राष्ट्रिय भेलाको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिएकाे हाे ।

पत्रकार सम्मेलनमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै सन्दर्भमा भेलाको आयोजना गरेको जानकारी दिए ।

भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको चर्चा गरिने र महिला आन्दोलनका अबका एजेन्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने उनले बताए ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीलगायतको सहभागिता रहने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  २ : ३४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’