कुल जनसंख्याको २१.३ प्रतिशतसँग डिम्याट खाता, १८.०३ प्रतिशतसँग मेरो शेयर | Khabarhub Khabarhub

कुल जनसंख्याको २१.३ प्रतिशतसँग डिम्याट खाता, १८.०३ प्रतिशतसँग मेरो शेयर


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०८० फागुन मसान्तसम्म डिम्याट (हितग्राही खाता) खाता लिने नागरिकको संख्या कुल जनसंख्याको २१ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

आइतबार (आज) सार्वजनिक आर्थिक सवेक्षण २०८०/०८१ मा डिम्याट खाता हुनेको संख्या २०८० फागुनसम्म ६२ लाख २४ हजार पुगेको उल्लेख छ ।

२०७९ असारसम्म ५३ लाख ४६ हजार डिम्याट खाता रहेकोमा २०८० असारसम्म करिव ८.९ प्रतिशतले वृद्धि भई ५८ लाख २३ हजार पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

२०८० फागुनसम्म ५२ लाख ६४ हजारले मेरो शेयर खाता खोलेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । उक्त संख्या कुल जनसंख्याको करिब १८.०३ प्रतिशत हो । २०८० असारसम्म करिब ४८ लाख २६ हजार मात्र रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रदेशगत रूपमा डिम्याट खाताको आधारमा लगानीकर्ताको सहभागीताको स्थितिलाई हेर्दा चालु आर्थिक वर्षको फागुनसम्म सबैभन्दा बढी लगानीकर्ता बागमतीमा ३७.२२ प्रतिशत र सबैभन्दा कम कर्णालीमा २.४३ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १ लाख ५१ हजार डिम्याट खाता मात्र रहेकोमा बागमतीमा २३ लाख १२ हजारभन्दा बढीको संख्यामा डिम्याट खाता रहेको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको फागुनसम्म केन्द्रीय निक्षेप कम्पनी (सिडिएस) मा अभौतिकृत धितोपत्रको संख्या ९ अर्ब ९१ करोड ९० लाख रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म यस्तो संख्या १२ अर्ब १४ करोड ३७ लाख पुगेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म केन्द्रीय निक्षेप कम्पनी (सिडिएस) मा धितोपत्रको अभौतिकृत गर्ने दर्ता कम्पनीको संख्या २५३ पुगेको मन्त्रालयको भनाइ छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिमा २३६ रहेको थियो ।

त्यसैगरी, निक्षेप सेवा प्रदान गर्न चालु आर्थिक वर्षको फागुनसम्म केन्द्रीय निक्षेप कम्पनी (सिडिएससी) को सदस्यता प्राप्त गर्ने निक्षेप सदस्यको संख्या ११२ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिमा ८२ रहेको थियो ।

दोस्रो बजारमा कारोबार घट्यो
अर्थ मत्रालयले दोस्रो बजारमा कमी आएको सर्वेक्षणमा जनाएको छ । ‘नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै गएको छ’, मन्त्रालले भनेको छ, ‘साथै, प्राथमिक बजारमार्फत भएको पुँजी परिचालनमा समेत बढोत्तरी हुँदै गएको छ । यद्यपि, आर्थिक क्रियाकलापमा आएको संकुचनका कारण धितोपत्रको दोस्रो बजार कारोबारमा केही कमी आएको छ ।’

चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको प्राथमिक बजार मार्फत रू.३३ अर्ब ८३ करोड रकम बराबरको पुँजी परिचालन भएको मन्त्रालयले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५१ प्रतिशतले कमी आएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा रू.४३ अर्ब ६६ करोड रकम बराबरको पुँजी परिचालन भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

फागुनसम्म रू.९ अर्ब ८० करोडको आइपीओ जारी
चालु आर्थिक वर्षको फागुनसम्म साधारण शेयरको प्राथमिक निष्काशन (आइपीओ) ९ अर्ब ८० करोडको जारी भएको मन्त्रालयले जनाएको छ ।

हकप्रद शेयर निष्काशनमार्फत रू.५ अर्ब ४५ करोड, थप निष्काशन मार्फत रू.३ करोड, ऋणपत्र मार्फत रू.१५ अर्ब ४ करोड र म्युचुअल फण्ड मार्फत रू.३ अर्ब ५० करोडको पुँजी परिचालन भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल जस्ता विशिष्टीकृत लगानी कोष पनि नेपालको पुँजी बजारको दायरामा आउन थालेकाले त्यसले पुँजी बजारमा नयाँ आयाम थपिएको मन्त्रालयले जनाएको छ ।

‘यस अवधिमा बोर्डले १२ कोष व्यवस्थापकलाई प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटलको रूपमा कार्य गर्न अनुमति प्रदान गरेको छ’, मन्त्रालयले भनेको छ, ‘स्वीकृत कोष व्यवस्थापकमध्ये केही कोष व्यवस्थापकले विभिन्न स्किम मार्फत चालु आर्थिक वर्षको फागुनसम्म कुल रू.२० अर्बको पुँजी परिचालन गरेका छन् ।’

४.५७ चालु आर्थिक वर्षको फागुनसम्म ३६ संगठित संस्थाले रू.१४ अर्ब ९५ करोड रकम बराबरको बोनस शेयर धितोपत्र बोर्डमा दर्ता गराएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ४६ संगठित संस्थाले रू.२७ अर्ब ४८ करोड बराबरको बोनस शेयर दर्ता गराएका थिए ।

४.५८ चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको दोस्रो बजारमा रू.४ खर्ब १५ अर्ब ७८ करोड रकम बराबरको धितोपत्र कारोबार भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७६ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा रू.२९७ अर्ब ४९ करोड रकम बराबरको धितोपत्र कारोबार भएको थियो। चालु आर्थिक वर्षको फागुनसम्म १५० दिनको कारोबारमा औसत दैनिक कारोबार रकम रू. २ अर्ब ७७ करोड कायम भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा औसत दैनिक कारोबार रकम रू.१ अर्ब ९४ करोड रहेको थियो । साथै, चालु आर्थिक वर्षको फागुनसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कारोवार भएका धितोपत्रको सङ्ख्या र कारोबार सङ्ख्यामा क्रमशः ५५.६ र ८९.१ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको फागुनमसान्तमा २१०८.७२ विन्दु कायम भएको छ । गत आर्थिक वर्षको फागुनमसान्तमा नेप्से सूचकाङ्क १९५३.०६ विन्दु कायम रहेको थियो । त्यस्तै, २०८० असार मसान्तमा नेप्से सूचकाङ्क २०९७.१० विन्दु रहेको थियो। २०८० फागुनमसान्तमा नेप्से फ्लोट सूचकाङ्क १४३.३९ विन्दु कायम भएको छ। २०७९ फागुनमसान्तमा यस्तो सूचकाङ्क १३७.२२ विन्दु रहेको थियो ।

२०७९ फागुनमसान्तमा धितोपत्र बजारको कुल बजार पुँजीकरण रू.२८ खर्ब २३ अर्ब कायम रहेकोमा २०८० फागुनमसान्तमा १७.४ प्रतिशतले वृद्धि भई रू.३३ खर्ब १५ अर्ब पुगेको छ ।

कुल बजार पुँजीकरणमा वित्तीय क्षेत्र (बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी) को हिस्सा सबैभन्दा बढी ५७.७ प्रतिशत, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत र लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत रहेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.३ प्रतिशत, होटेल तथा पर्यटन संस्थाको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत र अन्य समूहका कम्पनीको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

२०७९ फागुनसम्म सूचीकृत कम्पनीको सङ्ख्या २४५ रहेकोमा २०८० फागुनसम्म कम्पनी मर्जर तथा प्राप्ति पश्चात नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २७१ पुगेको छ । चालु अर्थिक वर्षको फागुनसम्म दोस्रो बजार कारोबारका लागि थप २३ कम्पनी (४ बीमा, १ लगानी, १२ जलविद्युत, २ उत्पादन तथा प्रशोधन र ४ अन्य समूहको कम्पनी) नेप्सेमा सूचीकृत भएका छन् ।

२०८० फागुनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरको चुक्ता मूल्य रू.८ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । २०७९ फागुनसम्म यस्तो मूल्य रू.७ खर्ब १ अर्ब ९८ करोड रहेको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म ४६ करोड ६८ लाख ५२ हजार कित्ता बराबरको प्राथमिक निष्कासन, ३४ करोड ५५ लाख बराबरको सामूहिक लगानी कोषका एकाई र १७ करोड ४८ लाख ६१ हजार कित्ता बराबरको हकप्रद, १६ करोड ७ लाख ४ हजार कित्ता बराबर बोनस शेयर थप भएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ६ : ११ बजे

अर्थसंक्षेप : ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन 

काठमाडौं– ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण वर्षाका कारण लम्बिने भएको

कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं– संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको

पर्सा मालपोतका तीन अधिकृतलाई जनही आठ वर्ष कैद र साढे दुई करोड जरिवाना

काठमाडौं- विशेष अदालतले मालपोत कार्यालयका ३ जना तत्कालीन अधिकृतहरूलाई भ्रष्टाचार

अनुहारलाई चम्किलो बनाउने ५ उपाय 

काठमाडौं– राम्रो हुन कसलाई मन लाग्दैन र ? आफू सुन्दर

महात्मा गान्धीको शालिकमा भएको तोडफोडप्रति भारत चिन्तित

काठमाडौँ– इटालीमा महात्मा गान्धीको शालिकमा तोडफोड भएकोप्रति भारतले चिन्ता व्यक्त