दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, अफगानिस्तानमा सबैभन्दा कम « Khabarhub

दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, अफगानिस्तानमा सबैभन्दा कम


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको कूल भूभागको ६९.७१ प्रतिशत रहेको छ भने सबैभन्दा कम अफगानिस्तानको १.८५ प्रतिशत रहेको छ ।

वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुकमध्ये भुटानपछि नेपालको ४५.३१ प्रतिशत, श्रीलङ्काको ३४.१ प्रतिशत, भारतको २१.७१ प्रतिशत, बङ्गलादेशको १२.८ प्रतिशत, पाकिस्तानको ४.८ र मालदिभ्सको २.७ वन क्षेत्र रहेको छ ।

विश्व खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वको कूल भूभागको ३१.० प्रतिशत बन क्षेत्रले ओगटेको छ । जम्मा वन क्षेत्रको करिब ५४.० प्रतिशत वन ब्राजिल, क्यानडा, चीन, रसिया र अमेरिकामा रहेको छ । छिमेकी राष्ट्र चीनको कूल भू–भागको २२.९६ प्रतिशत वन क्षेत्र रहेको छ ।

नेपालमा वन क्षेत्रले ६१ लाख ६६ हजार  सात सय ६६ हेक्टर र झाडी बुट्यान क्षेत्रले पाँच लाख ३५ हजार एक सय ७९ हेक्टर भूभाग आटेको छ । नेपालमा प्रति व्यक्ति ०.२ हेक्टर वन क्षेत्र पर्दछ । नेपालका भूधरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र चुरेमा र सबैभन्दा कम वन क्षेत्र तराईमा रहेको छ ।

सरकारको आर्थिक सर्वक्षणअनुसार विसं २०८० फागुनसम्म १२ राष्ट्र निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्र गरी २० संरक्षित क्षेत्र रहेका छन् । कूल भू–भागमध्ये २३.४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रको रूपमा रहेको छ । हालसम्म वन संरक्षण क्षेत्र अन्तर्गत एक लाख ९४ हजार एक सय ५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ ।

त्यस्तै २०८० फागुनसम्म मध्यवर्ती तथा संरक्षित क्षेत्रमा एक हजार ६७ सामुदायिक वन समूह गठन भएका छन् । यस्तो क्षेत्रले करिब दुई लाख ४० हजार आठ सय ७० हेक्टर क्षेत्रफल ओगटेको छ । त्यसैगरी, ८८ मध्यवर्ती कबुलियति वनमार्फत पाँच सय ४८.७ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको छ । संरक्षित क्षेत्र व्यवस्थापनबाट मध्यवर्ती क्षेत्र तथा संरक्षण क्षेत्रमा बस्ने ११ लाख ४२ हजार पाँच सय ९९ जनसङ्ख्या लाभान्वित भएका छन् ।

सो अवधिमा २३ हजार छ सय एक सामुदायिक वन उपभोक्तामार्फत २५ लाख आठ हजार तीन सय २६ हेक्टर वन क्षेत्रको व्यवस्थापन गरिएको छ । गरिबीको रेखामनि रहेका समुदायको जीविकोपार्जनको सुधार र संरक्षणमा टेवा पुर्‍याउन सात हजार सात सय ३१ कबुलियती वन समूहलाई १४ हजार तीन सय ९९ हेक्टर वन कबुलियती वनको रूपमा हस्तान्तरण भएको छ ।

यसैगरी चालु आवको फागुनसम्म दुई करोड ४७ लाख घनफिट काठ उत्पादन भएको छ । गत आव निजी र राष्ट्रिय वन गरी कूल तीन करोड १८ लाख घनफिट गोलिया काठ उत्पादन भएको थियो । चालु आवको फागुनसम्म ७७ हजार दुई सय पाँच चट्टा दाउरा उत्पादन भएको छ भने गत आव राष्ट्रिय वनबाट ४१ हजार ९९८ चट्टा दाउरा उत्पादन भएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ६ : २९ बजे

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको